दुई लघु कथा


 रु खेमराज खनाल
(सह–प्राध्यापक)
पिण्डेश्वर क्याम्पस,
धरान–१४








 शबरी र राम

उहिले,
शबरी जुत्ता सिउँदै थिइन् । राम आए । शबरीले बयर चाखिनु । गुलियो रहेछ । रामलाई दिइन् । उनले खाए । अर्को चाखिन् अमिलो रहेछ । फ्याँकिदिइन् । राम मख्ख परे । शबरी खुसी भइन् ।
अहिले,
शबरी जुत्ता सिउँदै छिन् । रामभक्त आउँछन् । परै तर्केर बस्छन् । शबरीले छोएको खाँदैनन् । उनकै श्रम चुस्छन् । रामायण सुनाउँछन् । शबरीको भाग्यलाई दोष दिन्छन् । शबरी ज्यादै दुःखी छिन् । रामभक्त हराम भइसकेका छन् ।
दुई लघु कथा दुई लघु कथा Reviewed by Unknown on 4:43 AM Rating: 5

No comments

Featured