धरानमा राष्ट्रिय स्तरको गोष्ठी


 प्रबोध समाचारदाता                   .
धरान/ दलित साहित्यकार मञ्च नेपालले यही माघ १५ गते धरानमा राष्ट्रिय स्तरको विचारगोष्ठी तथा भेला कार्यक्रम आयोजना गर्ने भएको छ ।
पूर्वी नेपालको धरानमा २०७० सालदेखि साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको मञ्चले ‘साहित्य क्षेत्रमा दलित वर्गका सर्जकको सम्भावना र चुनौती’ विषयक विचार गोष्ठी आयोजना गर्ने मञ्चका अध्यक्ष केशवकुमार सुनामले बताएका छन् ।

उद्घाटन र आन्तरिक गरेर दुई सत्रमा सम्पन्न हुने गोष्ठीमा दुईवटा कार्यपत्र समेत प्रस्तुत हुने भएका छन् । आन्तरिक सत्रमा दलित वर्गका सर्जक मात्र सरिक हुने र बहस तथा भेला सञ्चालन गर्ने योजना रहेको बताइएको छ । उद्घाटन सत्रमा भने सम्पूर्ण जातजाति, क्षेत्र, वर्ग, समुदायको व्यापक सहभागिता गराई बहस तथा छलफल हुने बताइएको छ । गोष्ठीमा देशभरीका दलित वर्गका सर्जकहरू सहभागी गराउने उद्देश्य रहेको समेत अध्यक्ष सुनामले बताएका छन् ।
उक्त गोष्ठी सम्पन्न गर्न एक लाख रूपैयाा खर्च आवश्यक पर्ने समेत मञ्चले बताएको छ । २०७३ साल माघ १५ गते शनिबार ११ बजेदेखि २ बजे सम्म उद्घाटन सत्र र ३ बजेदेखि आन्तरिक सत्र सञ्चालन गरिने बताइएको छ । यतिबेला दलित वर्गका सर्जकमाथि मनोवैज्ञानिक दवाव सृजना गर्ने, कतिपय संघ संस्थाले दलित सर्जकका लागि पुरस्कारको घोषणा गर्ने तर सम्बन्धित सर्जकलाई पुरस्कार लिन कार्यक्रममा आउने वातावरण सृजना नगर्ने जस्ता परम्परा बढ्न थालेको समेत मञ्चले बताएको छ । उक्त विषयमा मञ्चको गम्भिर ध्यानार्काषण भएको समेत बताइएको छ । सामाजिक रूपान्त्ररण र वैज्ञानिक समाज निर्माणका लागि साहित्य क्षेत्रबाट अभियानका रूपमा विभिन्न गतिविधिहरू अगाडि बढाउने समेत मञ्चले बताएको छ । मञ्चले कविता गोष्ठी, सर्जकलाई सम्मान र अन्तक्र्रिया  जस्ता कार्यक्रमहरू समय समयमा गर्दै आएको छ । 
धरानमा राष्ट्रिय स्तरको गोष्ठी धरानमा राष्ट्रिय स्तरको गोष्ठी Reviewed by Unknown on 11:34 PM Rating: 5

No comments

Featured