महाधिवेशनबाट वैचारिक फड्को मार्दै
प्रबोध समाचारदाता .
धरान/ नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले फागुनमा हुने आसन्न आठौं महाधिवेशनबाट वैचारिक फड्को मार्ने अभियानमा रहेको सो पार्टीले बताएको छ ।
दाङको राष्ट्रिय सम्मेलनबाट दुई वर्ष अगाडि एकीकृत जनक्रान्तिको नयाा विचार पारित गरेर नयाा दिशा दिएको यो माओवादीले थबाङ महाधिवेशनबाट वैचारिक क्षेत्रमा अझ नयाा छलाङ मार्ने योजनामा छ ।
एकीकृत जनक्रान्ति नेपाली मौलिकतामा नयाा वैचारिक फड्को त हुादै हो, त्यसका पनि विभिन्न आयामहरूमा पनि विकास गरेर जाने सुरमा माओवादी रहेको छ । यो नेपालको समकालीन माओवादी आन्दोलनमा निकै भिन्न र नयाा कदम हो । माक्र्सवादका तीनवटै संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रबाट नयाा वैचारिक संश्लेषण गर्ने अभियानमा माओवादी रहेको पार्टीका स्थायी समिति सदस्य धर्मेन्द बास्तोलाको भनाई छ । उनले भने ‘हो हामी नेपालको माओवादी आन्दोलनमा नयाा वैचारिक संश्लेषण गरेर नयाा फड्को मार्ने सुरमा छौं । ‘हामी वैचारिक रूपले नितान्त नयाा र मौलिक विचार विकासमा जादैछौ । यसले नेपालको कम्युनिस्ट आन्दोलनमा बहस त ल्याउाछ नै, विश्व कम्युनिस्ट आन्दोलनमा पनि नयाा तरंग ल्याउने छ । प्रकृति र भौतिक विज्ञानमा आएका कयौं विकास र परिवर्तनको जगमा टेकेर आफ्नो पार्टी वैचारिक विकासमा लाग्न थालेको नेता बास्तोलाको जोड छ ।‘ भौतिक विज्ञानमा आइन्स्टाइनको अनिश्चितताको सिद्धान्त र स्टेफन हकिंग्सको भौतिक एकीकरणको सिद्धान्तमा रहेर हामी एकीकृत जनक्रान्तिलाई विकास गर्न गइरहेका छौं । माओवादी अन्तर्राष्ट्रिय विभागका इन्चार्ज समेत रहेका बास्तोला भन्छ ‘हकिंग्सले दार्शनिक कहाा हराए भनेर गरेको प्रश्नको जबाफ हामीले नेपालमा केही हदसम्म दिन खोजिरहेका छौं । यो आजको आवश्कयता पनि हो । माक्र्स–एंगेल्सदेखि लेनिन–स्टालिनहुादै माओसम्म आउादा सामाजिक विज्ञान अर्थात् दर्शनमा भएको विकासको प्रक्रिया अबरुद्ध भएको भौतिक विज्ञानका प्रस्तोताहरूको आरोप छ । यस्तो बेला त्यो रोकिएको विचारको विकासलाई आफ्नो पार्टीले नयाा शिराबाट विकास गर्न गइरहेको माओवादीको दाबी छ ।
महाधिवेशनबाट वैचारिक फड्को मार्दै
Reviewed by Unknown
on
11:28 PM
Rating:
No comments