वर्ग चरित्र , राष्ट्रवाद र संसदीय व्यवस्था


धरान–१०, सुनसरी,
लम्जेल सङ्घर्षशील

यतिबेला मुलुक गम्भीर संकटमा उभिएको अवस्थामा छ । संघीयता , धर्मनिरपक्षेता र गणतन्त्र माथि ठुलो षडयन्त्र भइरहेको छ । ठुला दल भनिने राजनैतिक दलहरू आजसम्म नेपाली जनतालाई भिडाएर आफ्नो स्वार्थका लागि षडयन्त्र रचिरहेका छन् ।
उएटै लक्ष्य उदेश्य र वर्ग चरित्र बोकेका संसदवादी दलालहरू यतिबेला संघीयताको बहाना बनाएर राजतन्त्रको पक्षमा क्रियाशिल हिन्दु अतिवादीहरूलाई उचाल्ने दश्प्रयास गरिरहेका छन् । नेपाली जनतालाई बन्दुकको भरमा तर्साएर २०७० साल मंसिर ४ गते संविधान सभाका नाममा बिदेशी दलालहरूको निर्देशनमा सम्पन्न निर्वाचन र यसबाट प्राप्त परिमाणले सदियौंदेखि अनेकन उत्पीडन भोग्दै आएका जनतालाई हित हुन नसक्ने पुष्टी हुदैं गएको छ । आम जनताको सहभागिता र लगानी बिना जवजस्ती गरिएको निर्वाचनको परिमाणले नेपाली समाजलाई शान्ति र समृद्धितर्फ द्वन्दको भुवारीमा फसाउने प्रयास गरिरहेको देखिन्छ यसको कारण हिन्दु अतिवादी राजतन्त्रको जग र वर्गीय चरित्रबाटै विकास भएको संसदीय व्यवस्था हो । यो आफैमा आम जनताको सहभागिता विना सन्चालन भएकोे देशील विदेशी प्रतिक्रियावादी शक्तिको निर्देशनमा चल्ने व्यवस्था भएकाले राष्ट्र र राष्ट्रियताको हितमा छैन । संसदीय व्वयवस्थाद्वारा यहाँका उत्पीडित जनताको मुक्ति सम्भव छैन । यतिबेला संघीय प्रदेश निर्माणका बहानमा विस्तारवादी दलालको तीव्र चहलपहल र हस्तक्षेप बढिरहेको छ । यसलाई संरक्षण गर्न सरकार सदनमा बसेका सबै संसदवादी दलालहरूको भुमिका उत्तिकै छ । नेपाली जनताको त्याग तपस्या र बलिदानको विरुद्धमा घुमिफिरि रुम्जाटार भने झै पुरानै राज्य व्यवस्था कायम गर्न षडयन्त्र गरिरहेका छन् । अहिले संघियताका कारण देश टुक्रिने कुतर्क गर्दै संसदवादीहरू अनेकन प्रकारका अफवाहा फैलाउने काम गरिरहेका छन् । कवि अवतारसिंह पासले भने झै ‘ सबभन्दा खतरनाक हुन्छ मुर्दा शान्तिले भरिनु , छटपटी नहुनु घरबाट काममा जानु र कामबाट सिधै घर फर्कन्ु सबैभन्दा खतरनाक हुन्छ , हाम्रा सपनाहरूको मृत्यु हुनु ।  हिजो समाज परिवर्तनका लागि जुन सपना बोकेर ६ दशक लामो समय अवधिमा आन्दोलन , सङ्घर्ष र जनयुद्ध भए यतिबेला त्यसको सपना मृत भइसकेको छ । यसरी समाज परिवर्तनका सपनाहरू मृत बनाउने काम ‘ संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्ने उद्घोषका साथ जनयुद्धमा हिडेको माओवादी  र पुरानो व्यवस्थाका ठालुकदार संसदवादी दलालहरू आज एउटै संसदवादी आहालमा भासिएर गरिरहेका छन् । यो संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विरुद्ध गरिएको कुटनितिक हमला हो । यो हमला सदियौंदेखि पुरानो एकात्मक हिन्दु अतिवादी राज्य व्यवस्थाको उत्पीडनमा परेका वर्ग, लिङ्ग  र समुदायमाथि गरिएको हो । यसका निम्ति अहिले पक्ष र विपक्ष भएर एउटै मोर्चा कसेर अघि बढिरहेका छन् ।
 अहिले ठुला राजनैतिक हैसियत स्वघोषित दलहरू जो हिजो प्रतिक्रिया सत्तामा पनि रहेका थिए । जसले आज वर्ग चरित्र समन्वय गरेर पुरानो सत्ता बचाउन खेल खेलिरहेका छन् । यिनीहरूले आम नेपाली जनताको हितमा काम गर्नेवाला छैनन् । आफ्नो स्वार्थको निम्ति यतिबेला दुश्मनले सिमानामा दिउँसैं जँगे पिलर काँधमा बोकेर दौंडिरहँदा चुपचाप रमिता हेरिरहेका छन् । देशमा खुलेआम रूपमा विस्तारवादी संस्कृतिलाई संसदवादी राज्य व्यवस्थाले संरक्षण गरिरहेको छ । सिमाना नजिकका जनताहरू माथि कत्लेआम गरिरहेको छ । मधेसवादी भनिने राजनैतिक सञ्जालहरू विस्तारवादको ज्यालामा नेपाली भुमिमा राजनैतिक व्यवसाय खुलारूपमा गरिरहेका छन् । मधेसी जनताको मुत्तिका लागि जस्तोसुकै कदम चाल्ने राजेन्द्र महत्तो , महन्त ठाकुर र भारतीय नागरिक अम्रेश कुमारहरू आफ्नो सत्ता आएमा मधेसका दलितका लागि कुवा बनाउने उद्घोष गरेर मधेस मुत्तिको सपना देखिरहेका छन् । यो काशीवादीहरूको फाँसीवादी चरित्रमा आधारित संसदीय व्यवस्थाको घृणित खेल हो । यहाँको मौलिक संस्कार , संस्कृति , रितीरिवाज , भाषालाई अधिकार सम्पन्न बनाउँदा देश टुक्रने आफु मरेपछि अस्तु सम्म झिकेर भारतीय भुमि काशीमा लगेर बगाउँदा स्वर्ग जाने संस्कृतिले के नेपाल र नेपाली स्वाधीन हुन सक्छन् ? जहाँ की काशीमा बग्ने पानीको मुहान नेपाली पहाड पर्बतमा छ त्यसकारण नेपालका संसदवादीहरू कसरी नेपाली हुन सक्छन् । पुरानो सत्ताको हैकम चलाउने एकात्मकवादीहरू आफु मात्र यहाँको साधन श्रोतमा रजाइ  गर्ने षडयन्त्र गरिरहेका छन् । यदि यो दलाल वर्गले नेपाल र नेपालीको हितमा काम गर्छ भने हिजो उसको एक छत्र एकल जातिय वर्गीय शासन सत्ता हुँदा कसले रोक्यो ? आज पनि उनीहरू आफ्नो नतावाद कृपावादलाई भाग्यको खेलमा चलाई रहेका छन् । यसले समग्र नेपालीको विकास हुन दिदैन । यसले राष्ट्र र राष्ट्रियताको हित पनि हुदैन । यदि उनीहरू राष्ट्रवादी हुन भने किन तत्पर हुँदैनन् यहाँको राष्ट्रियताको विकास संरक्षणका लागि ? किन भए ध्वंश स्वदेशी उत्पादनलाई टेवा पु¥याउने विभिन्न उद्योग धन्दा कलकारखानाहरू ? हिजो महाकाली विस्तारवादी सामु सुम्पने सरकारमा पुग्दा प्रशान्त महासागरमा नेपाली ध्वजा वाहाक पानी जहाज चलाउनेहरू किन नेपाली जलश्रोतलाई विस्तारवादको पञ्जाबाट मुक्त गर्न चाहन्दैनन् । हावाबाट बिजुली निकाल्ने गफाडी सरकारमा हुँदा असारमा किन १४ घण्टा लोडसडिङ्को सामना गर्छन् नेपाली जनता ? यी घटना क्रमबाट  यीनीहरूको वर्ग चरित्र , राष्ट्रवाद र संसदीय व्यवस्था प्रष्ट छ । माक्र्सले भन्नु भएको छ ः(  ‘क्रान्तिकारी आचरण जसमा आत्मपरक र बस्तुपरक तत्वहरूका सिद्धान्त र व्यवहारको एकता स्थापित गरिन्छ , क्रान्तिकारी गतिविधिमा स्वयम्लाई बदल्नु र परिस्थितिमा परिवर्तन दुवै क्रिया साथसाथै जारी रहन्छ , लेखकहरूले अवस्य पनि कमाउनु् पर्छ जसबाट ऊ बाँच्न र लेख्न सकोस् तर ऊ कुनै पनि हालतमा यसका निम्ति बाँच्नु र लेख्नु हुदैन कि उसले कमाउन सकोस् । यसरी नै नेपाली समाजमा परिवर्तनका सवालहरूलाई बदल्नुको सट्टा निषेध गर्ने काम भइरहेको छ । हाम्रो देशको संसदीय व्यवस्था यतिखेर समाज परिवर्तन , जनअधिकार , उत्पीडित र श्रमिक वर्गको मुक्तिका निम्ति नभई पुरानै वर्गका सीमित सामन्ती वर्गको मात्रै कमाउने ठाउँ बनेको छ । यस्तो ठाउँलाई बचाउँन मुख्य गरेर कलम चलाउन सक्ने लेखक पत्रकारहरूले भुमिका निर्वाह गरिरहेका छन् । त्यो भुमिकाले कलम चलाउनेहरू पनि कमाईरहेका छन् । यतिबेला हाम्रो कलम राष्ट्र राष्ट्रियता , जनमुत्ति , उत्पीडित र ऐतिहासिक श्रमजीवी वर्गको पक्षमा चल्नु पर्दछ जहाँकि पुरानो वर्गको चरित्र वचाउन र संसदीय व्यवस्थाको संरक्षणमा होइन ।
    अहिले संघीयता विरोधी काममा मरेपछि अस्तु समेत भए पनि काशीमा पु¥याउने वर्गले गरिरहेका छन् भने संघीयतावादी भन्नेहरू पनि एउटै मात्र जातिको राज्य हुनु पर्ने भ्रममा छन् । यसले के सिद्ध गर्दछ भने उत्पीडित जनतालाई अधिकार सम्पन्न बनाउने संघीयता पुरानो एकात्मकवादी चिन्तनबाट माथि उठ्न दिएको छैन । काशीमा अस्तु पु¥याउने र एकल जातिवादी संघीयता चाहनेहरू विचको भिन्नता केही पनि देखिदैन । पुरानो या नयाँ जुनसुकै भएपनि एकात्मक राज्य व्यवस्थाले नेपाल र नेपालीको हित गर्दैन । हाम्रो संघीयताले राष्टू मुक्ति आन्दोलनको नेतृत्व गर्न सक्नु पर्दछ । अहिले आफुलाई शिक्षित, सभ्य र निपुण ठान्ने काशीवादीहरूले अढाई सय वर्षसम्म एकछत्र एकात्मकवादी शासन सञ्चालन गरेर नेपाल र नेपालीलाई के के दिएका छन् ? उनीहरूले केवल दिएका छन् त बेरोजगारी, गरिबी, पछौटेपन, परनिर्भरता र सामाजिक द्वन्द जस्ता समस्याहरू सिर्जना गरेका छन् । यसको हल गर्नको निम्ति संघीय राज्य व्यवस्था एक चरणसम्म महत्वपुर्ण बन्नु जरुरी छ । जसले राष्ट्रियताको मुक्ति गर्न सकोस । अहिले हिजोका एकात्मकवादीहरू यो तर्क गर्दछन् । उत्पीडित जाति वर्गलाई समावेशी बनाउँदा गुणस्तर घट्न गयो । यदि त्यसो हो अढाई बर्षसम्मको एकात्मकवादीहरूको गुणस्तर र राष्ट्रको अहिलेको अवस्था यही हो त उपलब्धि ? जहाँकी आज हरेक नेपाली विदेशीको भरमा बाच्न बाध्य हुनु परेको छ । एकात्मकवादीहरूको यो देशमा भएको उपलब्धि भनेको मानवमाथि जघन्य अपराध बाहेक अरु केही पनि छैनन् यसैको परिणाम मानव अपराधको जर्जर अपराधभित्र पुरानो राज्य व्यवस्था पुरानो सामन्ती दलाल वर्ग  बचाउनको निम्ति संसदीय व्यवस्था क्रियाशील छ ।
यतिबेला काशीवादीहरू संसदीय व्यवस्थामा सरकार , सत्ता र प्रतिपक्षको भुमिकामा रहेर दलालीका निम्ति राजनैतिक आवरणमा क्रियाशील छन् । आजसम्म पनि भाग्यको दर्शनमा टेकेर नातावाद कृपावादको आधारमा राज्यसत्ता सञ्चालन गरिरहेका छन् भने उनीहरू नै गुणस्तरको कुरा लाज ढाक्नको निम्ति गरिरहेका छन् । विकासको मुल आधार शिक्षा र स्वास्थ जस्ता महत्वपुर्ण कुरालाई हिजो गुरुकुलमा कैद गरेर जजमानका निम्ति दुरूपयोग गरेका थिए । आज आएर उनीहरूले व्यापारका रूपमा सञ्चालन गरिरहेका छन् यो गतिविधिले काशीवादीहरूमा नेपाल र नेपालीको माया नभई काशीको माया भएको पुष्टि गर्दछ । लामो समयसम्म ऐतिहासिक श्रमजीवी वर्गलाई श्रमको मुल्यबाट बञ्चित गरे । शिक्षा , स्वास्थ , राजनीति , सामाजिक , सांस्कृतिक लगायतका क्षेत्रमा प्रतिवन्ध लगाएका थिए । जतिबेला उद्योगधन्दा, कलकारखानाको विकास भएको थिएन त्यतिबेला सिंगो राज्यका निम्ति उत्पादनको कार्य ऐतिहासिक ।श्रमजीवी वर्गले गरेको थियो । समय परिवर्तन सँगसँगै श्रमिक वर्गमा चेतना स्तर बढ्न थाले पछि उत्पादनका कामलाई नै ध्वंश गरे । यो कार्य काशीवादी सामन्ती वर्गले आफ्नो लाज छोप्नका लागि गरेको थियो । जसको परिमाण नेपाली समाज उत्पादन विहीन हुदैं पराधीन बन्न पुग्यो । आज आएर ऐतिहासिक श्रमजीवी वर्गलाई अशिक्षित ठान्दैं दलित उपमा भिराएर प्रतिक्रियावादीहरूले गोही आँस् जस्तो आरक्षणको वहानामा संसदीय व्यवस्था टिकाउने कुटिल षडयन्त्र गरिरहेका छन् । अब ऐतिहासिक श्रमजीवी वर्गले आरक्षणको निम्ति होइन काशीवादी दासत्वबाट नेपाली समाजलाई स्वतन्त्र बनाउने मुक्ति अभियानमा क्रियाशील हुनु जरुरी छ । यसका निम्ति हामीले काशीवादीहरूको दलाल सामन्ती चरित्र , हिजोको असली हिन्दुस्थान बनाउने योजनाको नक्कली राष्ट्रवाद र यो वर्ग र अभियानका निम्ति मन्द बिषका रूपमा क्रियाशील संसदीय व्यववस्थाको समुल अन्त्य गर्न नयाँ सङ्घर्षको थालनी गर्नु पर्दछ । जसले मौलिक नेपाली जनसत्ताको निर्माण र स्वतन्त्र , स्वाधीन र समृद्ध समतामुलक नेपाली समाज निर्माण गर्नु पर्दछ ।
वर्ग चरित्र , राष्ट्रवाद र संसदीय व्यवस्था  वर्ग चरित्र , राष्ट्रवाद र संसदीय व्यवस्था  Reviewed by Unknown on 4:49 AM Rating: 5

No comments

Featured