पत्रकार तथा साहित्यकार श्रेष्ठलाई मातृशोक


प्रबोध समाचारदाता                           .
धरान/ पूर्वी नेपालको साहित्यिक, सांस्कृतिक एवम् जनपत्रकारिता क्षेत्रमा क्रियाशील जमुना श्रेष्ठलाई मातृशोक परेको छ ।
लामो समय देखि विभिन्न स्वास्थ्य समस्याका कारण विरामी रहेकी श्रेष्ठकी आमा नन्दकुमारी श्रेष्ठको ८६ वर्षको उमेरमा पुस ९ गते शनिबार निधन भएको हो । मोरङको विराटचौकमा लामो समयदेखि बसोबास गर्दै आएकी श्रेष्ठ उपचारका क्रममा केही दिन अघि धरान ल्याइएको पारिवारिक श्रोतले बताएको छ । शनिबार धरान–१५ नौलोपथमा रहेको जेठा छोरा ईश्वरकृष्ण श्रेष्ठको निवासमा निधन भएको बताइएको छ । मृतककी कान्छी छोरी साहित्यकार एवम् पत्रकार जमुना श्रेष्ठ धरानबाट प्रकाशित प्रबोध साप्ताहिक पत्रिका प्रकाशक/ प्रधान सम्पादक, गुफाथुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रिका सह–सम्पादक रहेकी छन् । उनी नेवा: पत्रकार राष्ट्रिय दवु केन्द्रीय सदस्य, प्रगतिशील लेखक सङ्घ नेपाल राष्ट्रिय परिषद् सदस्य, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ कोशी व्यूरो सदस्य एवम् सुनसरी संयोजक, अखिल नेपाल जनकलाकार सङ्घ केन्द्रीय सदस्य, बिहानी जनसंंस्कृतिक समाज उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेकी छिन् । त्यसैगरी उत्सर्ग प्रकाशन समूह कार्यसमिति सदस्य, क्रान्तिकारी पत्रकार संगठन सुनसरी संयोजक, नेपाल पत्रकार महासंघ सदस्य समेतको जिम्मेवारी बहन गरिरहेकी छिन् । मृतक श्रेष्ठका छोराहरू ईश्वरकृष्ण, बालकृष्ण रत्न श्रेष्ठ रहेका छन् भने छोरीहरू देवि, मैया, ज्ञानी र पत्रकार एवम् साहित्यकार जमुना श्रेष्ठ रहेका छन् ।
पत्रकार तथा साहित्यकार श्रेष्ठलाई मातृशोक पत्रकार तथा साहित्यकार श्रेष्ठलाई मातृशोक Reviewed by Unknown on 11:31 PM Rating: 5

No comments

Featured