भारतले यहाँ गृहयद्ध निम्त्याएर कब्जा गर्न चाहन्छ
वृटिस गोरखा सैनिकबाट निवृत्त भएपछि धरानको विकास निर्माणमा सक्रिय सादा जीवन उच्च विचार राख्ने इन्द्रहाङ लिम्बू २०४८ सालमा राष्ट्रिय सभाको सदस्य चयन भएका थिए । उनी हाल स्वास्थ्य अवस्था कमजोर भएका कारण घरमा स्वाअध्ययन गरेर बसिरहेका हुन्छन् । धरान–१८ मा बसोबास रहेका लिम्बू हाल इन्द्रभक्ति प्रतिष्ठान इम्बुङ १ पाँचथरको संरक्षक समेत रहेका छन् ।
अझै पनि सामाजिक तथा राष्ट्रियताका लािग गरिने गतिविधिमा सानो तिनो आर्थिक साहयोग पु¥याईरहने लिम्बूसँग भेटमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
– अहिलेको राजनैतिक अवस्थालाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
अहिले तराई, पहाड र हिमाल एक हुनु पर्दछ भन्नु पर्नेमा राजनीति गर्ने नेताहरू आ–आफ्नै तरिकाले पार्टीको स्वार्थका लागि मात्र लागेका छन् । आफ्नो पार्टी मात्र ठिक छ भन्ने यत्रो मूल्य बृद्धि, भष्टाचार, दिन दिनै आकाश छुने महँगी बढाउने र जनतालाई दुख दिने यो कस्तो राजनीति भन्नु र ?
– अहिले राष्ट्रियताको अवस्था कस्तो छ जस्तो लाग्छ ?
खै कस्तो छ भन्नु र ? विराटनगरमा भारतले आफ्नो झण्डा गाडेर खुलेआम रूपमा अफिस राखेको छ । अहिलेका सत्ता र प्रतिपक्षमा बसेका राजनैतिक दलहरूले खै त विरोध गरेको ? सबै दलहरू अहिले भारतको पुजारी भइरहेका छन् । साना दलले मात्र विरोध गरेर के हुन्छ र ? भारतीय नेता आउँदा देशभरी कालो झण्डा देखाउनु पर्ने, सबै युवाहरूले यस्तो आँट गर्नु पर्दछ । बोलेर मात्र हुन्छ ? काम पनि गर्नुपर्दछ ।
– धर्मनिरपेक्षता माथि षडयन्त्र हुँदै छ रे नि ?
अहिले त्यही खुमबहादुर शेरबहादुरको हिन्दु राज्य छ । के को धर्म निरपेक्षताको कुरा गर्नु ? यी भारतका भतुवालाई भारतले जे जे भन्छ त्यही त्यही गर्छन् ।
– देश स्वाधीन हुन सक्ला ?
हरेक कुरा बनाउन खोज्दा भारतले नबना भन्छ । यो देशका राजनीति गर्नेहरू पनि त्यसैको पछि लागिरहेका छन् । हाम्रा जनता पनि भेडा नै हुन । चीनले त्यत्रो सहयोग ग¥यो खोइन त त्यसको कुरै छैन । पत्रकार भनाउँदाहरू पनि भारतले पाद्यो भने पनि समाचार लेख्छन् तर अरु कसैको मतलव गर्दैनन् । चीनले गरेको सहयोगको पनि मूल्याङ्कन गर्नुप¥यो । लोकमान जस्ता भ्रष्टलाई पहिले कार्वाही नगर्ने प्रचण्डको सम्पत्ति विवरण पनि देखियो । अहिले सम्पति विवरण देखाउँदा संसारकै गरीब प्रधानमन्त्री भएका छन् । यस्तालाई त प्वाक्क लात्तले हान्नु पर्ने । सुशिल सुजताहरू मात्रै यो देशका मान्छे हुन ? उनीहरूलाई उपचार गर्न ५०÷५० लाख छुट्याउने, त्यो सुजता त विदेशी पनि हो । विदेशीसँग विवाह गर्ने अनि नेपालको ढुकुटी सिध्याएर विदेशमा उपचार गर्न जाने, जनता चाहिँ स्वास्थ्य उपचार नपाएर मरिरहनु पर्ने यस्तो अवस्थामा कसरी देश स्वाधीन हुन सक्छ ?
– माओवादीहरूलाई कसरी हेर्नुहुन्छ ?
माओवादीहरूले त फुटेरै जनतामा विश्वास गुमाई सकेका छन् । एकताका कुरा त गर्छन तर कति खेर फुट्ने हो पत्तै हुँदैन । त्यो पम्फा, बादललाई त्यत्रो आशा गरेको फेरी प्रचण्डसँग लिपिक्क टासिए त्यो मंसिर ४ को निर्वाचन वहिष्कारको अर्थ के रहयो ? आखिर वैद्यले पनि केही गर्न सकेनन् । किन फुट्नु माओवादी भित्रका बद्मास र दलालहरूलाई छप्प काट्नु पर्छ । सही माओवादी एक भएर फिडेल, माओ जस्तो बन्नु पर्दछ । त्यो बाबुराम जस्ताको विश्वास गरेर फेरी एकता गरेर हुन्छ ।
– संसदको काम कार्वाही कस्तो लाग्छ नि?
एमालेसँग खरबौं पैसा छ त्यो कहाँबाट आयो ? काँग्रेसलाई के को पार्टी भन्नु, मधेसीहरू त झन देखि हालियो । माओवादी पनि खान पाइन्छ की भनेर एमाले काँग्रेसको नजिक टाँसिन पुगेको छ । भारतले बोकेको छ । बाबुरामको नयाँ शक्ति अरे भारतले उचालेर बनाएको त हो नि । संघीयता कसले बुझेको छ । यहाँ आएर आइमाई, केटाकेटी झुक्याएर फुलमाला लगाउन लगाउने मुलाहरूलाई लाज पनि छैन । मैले २०४९÷०५० मा नै धर्मनिरेपेक्षता हुनुपर्छ भन्दा म तिर यत्रा यत्रा आँखा पारेर हेर्ने, संस्कृत अनिवार्य हुनुहुदैन भन्दा मलाई इन्द्रहाङ फटाहा भने अहिलेका भारतका भतुवा पनि तिनै त हुन नि । बराहक्षेत्रमा बसेर खाने पनि यिनै हुन । त्यो दाङ, पिण्डेश्वर कहाँबाट चल्छ ? हाम्रा मतुवालीहरू कहाँ छन् ? मतुवालीहरू विदेशीका गुलाम मात्र बन्न जान्छन् । हाम्रा बढेलेखेका मतुवालीहरू पनि यिनकै पुछार पुछार लाग्छन् । संघीय राज्य उत्तर दक्षिण काक्रा जस्तै चिरेर बनाउनु पर्दछ । संसदहरू त भेडा बाख्रा मात्र हुन् । समय थपी थपी भत्ता खान्छन् ।
– अहिलेको नेपालको संसदीय व्यवस्था चाहिँ कस्तो लाग्छ नि ?
संसदीय व्यवस्था पनि त्यति नराम्रो त होइन तर त्यसको कार्यान्यवन भएन । यहाँ त लेनिनले भने जस्तो खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल जस्तो संसदीय व्यवस्था त भयो । यहाँ त भागबण्डामा भत्ता खाने मेसो पो चल्छ । भारतले जे भन्यो त्यही गर्दछन् । संसदमा सज्जन मान्छे पनि त हुनु प¥यो नि । अरुले लेखिदिएको पढ्न पनि गाह्रो हुने पनि संसद अरे १ यहाँ त श्रीमती, भाइभतिजा, प्रेमिकालाई पनि संसद बनाउ“छन् । त्यो समानुपातिक समावेसी प्रतिनिधित्व नातावादमा चलाइएको छ । अब यहाँ भारतले गृहयुद्ध निम्त्याएर यो देशलाई आफ्नो कब्जामा पार्न चाहन्छ । त्यसैको इन्ट्रेन्सनमा यो संसद अहिले चलिरहेको छ ।
– मन्त्रीहरूको सम्पति विवरण कस्तो लाग्यो ?
त्यो सम्पति विवरण त देखावटी मात्र हो । आँखामा छारो हालेको मात्र हो । एक दिनमा करोडौं रूपैयाँ खर्च गर्ने, हेलिकप्टर चार्टर गरेर घुम्ने खर्च कहाँबाट आउँछ । एउटा नेपालीलाई प्रतिव्यक्ति १७ हजार भन्दा बढी ऋण छ । यो संसदका भेडा बाख्राले त्यो किन बुझ्दैन ?
भारतले यहाँ गृहयद्ध निम्त्याएर कब्जा गर्न चाहन्छ
Reviewed by Unknown
on
4:27 AM
Rating:
No comments